क्रिकेटमा मैले विताएको समय १७ वर्ष भइसकेछ। सामान्य रुपमा हेर्दा यो समय धेरै लामो जस्तो लाग्छ। तर स्वयम एउटा खेलाडीका रुपमा मैले सोच्दा यो समय अहिले छोड्ने बेला निकै छोटोजस्तो लागिरहेको छ। मलाई आफू खेलजीवनबाट विदा हुँदैछु भन्ने विषय सोच्न पनि मन पर्दैन। सधै बाउन्ड्रीभित्र बल र ब्याटसँग रमाइरहन मन लाग्छ।
तर अव समय आइसकेको छ। निर्दयी समयले कसैलाई कुर्दैन। मलाई पनि कुरेन। खेलिरहँने इच्छालाई थाँती राख्दै अव मैले पनि खेलाडीका रुपमा विदा लिने समय आयो। तर अहिले विदा हुने बेला मसँग नेपाली क्रिकेटमा विताएका गौरवमय सम्झनाहरु छन्, जसले बाँकी जीवन पनि क्रिकेटमा विभिन्न भूमिकामा योगदान गरिरहन मलाई उत्साह दिनेछन् । आखिर यो मेरो खेलाडी जीवनकोमात्र अन्त्य हो। पूरा जीवनको अन्त्य होइन। खेलजीवनको पनि अन्त्य होइन।
मेरा लागि जीवनको पर्याय नै क्रिकेट हो। मैले जानेको क्रिकेट, क्रिकेट र क्रिकेट मात्र हो। मैले क्रिकेटबाहेक पनि धेरैतिर अनुभव गरेँ। धेरै काम गरेँ। जानेको सिकाएँ। तर क्रिकेट खेल्नमा जत्ति मजा आयो, अरुमा आएन।
चन्द्र सूर्य अंकित झण्डा छातीमा टाँसेर देशको प्रतिनिधित्व गर्दै मैदान उत्रँन पाउनुभन्दा ठूलो जीवनमा केही हुन्छ जस्तो कहिल्यै लागेन। अझै पनि क्रिकेटको लागि धेरै गर्न चाहन्छु। अहिले राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकका रुपमा कार्यरत छु। भविस्यमा अर्को पाटोबाट काम गर्ने अवसर आयो भने त्यसका लागि पनि तयार छु। शनिबार अस्ट्रेलियाली खेलाडी फिलिप ह्युज्सको सम्मानमा हुने खेल अन्तर्राष्ट्रिय स्तरमा मेरा लागि अन्तिम हुनेछ। यसो भनिरहँदा पनि मलाई अहिले पीडा महशुष हुन्छ। अब खेल्दिन भन्ने सोच्नु गाह्रो हुँदोरहेछ। तर पनि म आफ्नो विदाई खेललाई भव्य बनाउन चाहन्छु। संन्यास खेलाडीको जीवनको सबैभन्दा ठूलो र कठिन निर्णय हो। महान भन्दा महान खेलाडी पनि संन्यासको घोषणा गर्दा भावुक हुन्छन। म पनि अझै खेल्न सक्छु भन्ने लाग्छ, तर त्यसो भनेर मात्र हुन्न। सबैले छोड्ने दिन आउछ । खेलाडीका लागि संन्यास मृत्युजत्तिकै कठिन हुन्छ । मृत्यु रोज्न सजिलो पक्कै हुन्न । धेरै प्रयास गर्दा पनि घुँडाको चोटका कारण मलाई खेलमा फर्कन कठिन भएको हो । बीचमा एक वर्ष चोटका कारण बाहिर बसे । फेरी फर्के पनि चोट बल्झेर पूर्ण रुपमा फिट हुन सकिन । नयाँ खेलाडीहरु स्थापित हुँदै जाँदा सिनियरले छोड्नु पर्छ । म जहिले नम्बर एक बन्न चाहन्थे । त्यसैले पनि मैले १ नम्बर जर्सी लगाए । भविष्यमा जहाँ हुन्छु, त्यहाँ पनि नम्बर एक हुन चाहन्छु । आफ्नो देशको लागि खेल्नु सबैभन्दा खुसीको क्षण थियो । म सानो ठाँउबाट आएको मान्छे । हवाइजहाज सम्म नदेखेका मेरा बुवा आमाका लागि आफ्नो छोराले त्यो चढ्दा पनि गर्वले छाती फुलेको थियो । त्यस दिन मैले सपना साकार भएको महसुस गरे ।
म पहिलो पटक हङकङ गएको थिए । अर्को सन् २००२ मा न्यूजिल्यान्डमा यू–१९ को विश्व कप खेल्दा र त्यहाँ हाम्रो टोलीले स्तरीय प्रदर्शन गर्दा भविष्यमा हामी सिनियर विश्वकप खेल्न सक्छौं भन्ने विश्वास जागेको थियो। समय क्रमसँगै नेपालले ट्वान्टी–२० विश्वकप खेल्यो । तर म त्यसको अंश हुन सकिन । देशले खेलेकोमा जति गर्व छ आफुले खेल्न नपाउनु व्यक्तिगत रुपमा मलाई त्यत्तिनै दुःख पनि छ। स्वभाविक क्षमतावान खेलाडी म होइन । तर, मैले आफु र आफ्नो खेललाई जहाँ पु¥याउन सके त्यो सब मेहनतको कारण हो । नयाँ खेलाडीलाई पनि राष्ट्रिय टोलीमा पर्दा वा नपर्दा कुनै पनि हिसाबमा मेहनत गर्न नछोड्ने सल्लाह दिन्छु । हिजो हामीले क्रिकेट सुरु गर्दा यो क्षेत्र मनोरञ्जन मात्र थियो । तर, अब विस्तारै व्यवसायिकततर्फ अघि बढेको छ । क्रिकेटमा पारस खड्काको शैलीबाट म निकै प्रभावित छु । खेल्ने बेला उ धेरै कुरा सोच्दैन । कहाँ पुग्ने, के प्राप्त गर्ने भन्ने उसको केही हुन्न । जति बेला खेल्छ शतप्रतिशत दिन्छ । मैले उबाट सिकेको पनि यही हो ।
नयाँ आउने खेलाडीलाई पनि यही सुझाव दिन्छु । हामी क्रिकेटको संक्रमणकालका खेलाडी हौं । सबै उतार चढावको साक्षी भयौं । तर जे जति प्राप्त गर्न सक्यौं त्यसमा गर्व छ । भविष्यमा नेपाल क्रिकेटले दिने जुन सुकै भुमिकाका लागि म तयार छु । म व्यवस्थापनको विधार्थी हु । नेपाली क्रिकेटमा व्यवस्थापनको भुमिका निर्वाह गर्नुपर्दा पनि म तयार छु । अहिले सम्मको अध्ययन र अनुभवले व्यवस्थापन गर्न सक्छु भन्ने विश्वास छ । अर्कोतिर प्रशिक्षणमा पनि मैले आफुलाई अब्बल सावित गर्दै आएको छु । प्रशिक्षण कोर्सको लेभल १ देखि ३ सम्म पुग्दा म सबैमा सबैभन्दा अघि रहेको छ । अब मात्र, मलाई नेपाली क्रिकेटले कसरी प्रयोग गर्छ भन्ने हो । अब खेलाडीका रुपमा मेरो बर्हिगमन भव्य बनाइदिन आग्रह गर्छु । यसलाई सम्झनायोग्य बनाइदिन नेपाल क्रिकेट संघ (क्यान), व्यवस्थापक, समर्थक, पत्रकार सबैलाई आग्रह गर्छु । खेल पत्रकारलाई विशेष धन्यवाद दिन चाहन्छु, उहाँहरु नभएको भए सायद मेरो खेल जीवन यति लामो हुने थिएन ।
Source : Nagarik

No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !