ताजा खबरहरु

एनसेलको डाटामा नयाँ अफर

         काठमाडौं– दूरसञ्चार कम्पनी एनसेलले कुनै प्याक नलिई डाटा चलाउन प्रिपेड ग्राहकका लागि नयाँ अफर ल्याएको छ। यसअन्तर्गत ग्राहकले डाटाको प्रयोगसँगै मूल्यमा छुट पाउँदै दैनिक रुपमा न्यूनतम एक रुपैयाँ प्रतिएमबीको दरमा इन्टरनेट चलाउन सक्ने एनसेलले जनाएको छ। एनसेलले केही समयअघि प्याक बिना डाटा चलाउने ग्राहकलाई लाग्दै आएको मूल्य ५० प्रतिशत ले घटाएर तीन रुपैयाँ प्रतिएमबी मा झारेको थियो। नयाँ वर्षको अवसरमा कम्पनीले त्यसमा पनि थप छुट प्रदान गर्दै यो नयाँ अफर ल्याएको हो। यो अफरमा पहिलो १ एमबीको मात्र ३ रुपैयाँ लाग्नेछ। त्यसपछिको १ देखि २ एमबी सम्म डाटा प्रयोग गर्दा २ रुपैयाँ प्रतिएमबी लाग्नेछ भने तेस्रो एमबीबाट डाटाको मूल्य अझ घटेर मात्र १ रुपैयाँ प्रति एमबीमा आउनेछ। यी शुल्कहरु करबाहेक भएको एनसेलले जनाएको छ। यो अफर दैनिक चक्रमा लागु हुने कम्पनीले जनाएको छ। डाटा प्रयोगको गणना २४ घण्टासम्म जारी रहने र हरेक २४ घण्टा पश्चात नयाँ गणना सुरु हुनेछ। अफर वैश्ााख ३१ गतेसम्म लागु हुनेछ।

        ‘आफ्ना ग्राहकलाई सुलभ दरमा उत्कृष्ट डाटाको अनुभव गराउने प्रतिबद्धता अनुरुप नयाँ वर्षको सुखद उपलक्ष्यमा यो योजना ल्याउन पाउँदा हामी निकै खुसी छौं,' एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने। एनसेलले ग्राहकलाई सुलभ दरमा डाटा उपलब्ध गराउन विभिन्न भल्युममा दैनिक, साप्ताहिक तथा मासिक प्याक प्रदान गर्दै आएको छ। प्याक लिई प्रयोग गर्दा ग्राहकले ३० पैसा प्रति एमबी सम्मको दरमा डाटा प्रयोग गर्न सक्छन्। कतिपय ग्राहकले भने प्याक बिना नै डाटा चलाउन रुचाउने हुनाले, उनीहरुको सुलभताका लागि पे एज यु गो शुल्क ५० प्रतिशतले घटाएका थियो। ‘त्यसमा पनि थप छुट प्रदान गर्ने यो अफरले हाम्रा प्रिपेड ग्राहकलाई थप लाभ पुर्यााउँदै उनीहरुको डेटामा पहुँच बढाउने विश्वास लिएका छौं,' शर्माले भने।

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.