महंगो बजेटमा निर्माण भएको भनिएको चलचित्र ‘चंखे शंखे पंखे’को एक क्लब गीत सार्वजनिक भएको छ । महंगो सेट लगाएर छायांकन गरिएको ‘तिम्रो लाली जोवन देखेर’ बोलको गीतलाई गोविन्द राइले कोरियोग्राफी गरेका हुन् ।
यो गीतमा चलचित्रका मुख्य ४ पात्र सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी र पूजा शर्मा देखिएका छन् । गीतको अधिकांश दृश्य नायिका पूजा शर्माको वरिपरी घुमेको छ । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।
चलचित्रको बजेट एक करोड माथिको भनिएको छ । सार्वजनिक गीतमा डाक्टर कृष्णहरी बरालको शब्द, ताराप्रकाश लिम्बुको संगीत, सन्तोष लामा र मिलन अमात्यको स्वर छ ।
यो गीतलाई क्लबमा रुचाइने विश्वास गरिएको छ । ३ यूवा र उनीहरुको राष्ट्रियतालाई चलचित्रले देखाएको छ । चलचित्रलाई पूर्णतया कमेडी बिषयमा तयार पारिएको निर्देशक थापाको भनाई छ । यो चलचित्र जेठ १ गतेबाट प्रदर्शनमा आउँदैछ ।
महाभूकम्पमा मृत्यु हुनेको संख्या ७५५७ पुग्यो, कुन जिल्लामा कति?
- सिन्धुपाल्चोक – २९११
- काठमाण्डौ - १२०२
- नुवाकोट - ९०४
- गोरखा - ४१२
- धादिङ – ६८०
- रसुवा – ४३३
- काभ्रे - ३१५
- भक्तपुर - ३०४
- ललितपुर - १७३
- दोलखा - ६९
- मकवानपुर - ३४
- रामेछाप – २६
- सोलुखुम्बु - २२
- ओखलढुङगा - १९
- सिन्धुली – १०
- सुनसरी- ७
- चितवन -६
- बारा – ५
- पर्सा – ५
- लमजुङ - ४
- कास्की, मोरङ, भोजपुर -२
- रोल्पा, रुकुम, नवलपरासी, तनहुँ, रौतहट, सर्लाही, सप्तरी, धनुषा, ताप्लेजुङ -१
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !