थापाले गत चैत ५ गतेमात्र ८८ औं जन्म दिन मनाएका थिए । उनी चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए । थापाले शुक्रबार मात्र आन्द्राको सफल सल्यक्रिया भएको थियो । डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका थिए । तर, बुधबार साँझ स्वासप्रवासमा समस्या बढेपछि भेन्टिलेटरमा राखिएको थियो । धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए । पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए ।
थापाका छोरा सुनिल थापा बाणिज्यमन्त्री छन् । उनी बाबुलार्इ लिएर उपचारका लागि दिल्ली गएका थिए । यसैबीच वरिष्ठ नेताको निधनको शोकमा परेको राप्रपाले बिहीबार बिहान पार्टीको बैठक बोलाएको छ ।
Source : OnlineKhabar
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !