सूर्यको उत्तरपूर्वी क्षेत्रबाट सोमबार निकै रोचक ज्वाला निस्कियो ।
सूर्यबाट निस्किएको उक्त ज्वाला अन्तरिक्षमा सुन्दर आँधीबेहेरीको रुपमा फैलियो ।
सोमबार बेलुकी देखिएको सौर्यज्वाला धेरै वर्ष यता सूर्यमा देखिएको ज्वालामध्ये सबैभन्दा सुन्दर रहेको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ ।
उक्त सौर्यज्वालालाई नासाले आफ्नो अत्याधुनिक क्यामरामा कैद समेत गरेको छ ।
उक्त सौर्यज्वाला औषत लम्बाइको भएको नासाको भनाइ छ ।
नासाले आफ्नो भू उपग्रहमार्फत सौर्यज्वालाको उक्त रोमाञ्चक दृश्य खिचेको हो । उक्त ज्वाला अन्तरिक्षमै नष्ट भएको थियो जुन पृथ्वी सम्म आउन पाएन ।
केही महिना अघि सूर्यबाट निस्केको त्यस्तै ज्वाला पृथ्वीको वायुमण्डलीय क्षेत्रसम्म आएर ठोक्किएको थियो ।
Source: onlinekhabar.com
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !