ताजा खबरहरु

अब लिफ्ट चढ्दै !! केक चाट्दै !!

ठूला भवनमा चढ्न र झर्न लिफ्टको प्रयोग प्रयोग आधुनिकता सँगै अनिवार्य जस्तै बनेको छ । तर लिफ्ट भित्र बस्दा एक्लै परियो भने कहिलेकाहीँ पट्यारलाग्दो पनि हुन्छ । नचिनेको मान्छे पर्यो भने डर पनि लाग्नसक्छ । कहिलेकाहीँ लिफ्टभित्र रहेको बेला के गरुँ के गरुँ भन्ने खुल्दुली पनि उब्जिन सक्छ ।

सायद यस्तै मनोभावनालाई बुझेर होला बेलायतको लण्डन स्थित एक कम्पनीले आफ्नो कार्यालय भवनमा प्रयोग भएका लिफ्टभित्र भित्तामा केक राखिदिएको छ । लिफ्मार्फत यात्रा गर्नेले ती केक चाटेर खानसक्ने व्यवस्था गरिएको छ ।

लिफ्टका भित्तामा जम्माजम्मी १३ सय वटा केक टाँसिएको छ र लिफ्ट चढ्नेले रोजीरोजी केक चाट्नसक्छ । तर यस्ता केक चाट्नु स्वास्थ्यका लागि भने हानिकारक हुने पक्का छ । धेरै मान्छेले चाटेका हुनाले त्यसमा विभिन्न किटाणु हुने भएकाले त्यसले विभिन्न सरुवा रोग फैलाउने भन्दै कतिपयले लण्डनको ग्रेट पोर्टल्याण्ड कम्पनीको त्यस्तो प्रयोगको आलोचना समेत गरेका छन् ।

उक्त कम्पनीलाई ती केक जाफा नामको केक उत्पादक कम्पनीले प्रदान गरेको हो । कार्यालयमा कामदारलाई तनावबाट मुक्ति दिलाउन तथा केही क्षणलाई भएपनि रमाइलोको अनुभुति दिलाउन लिफ्टमा यस्ता केक टाँसिएको कम्पनीका अधिकारीहरुले जनाएका छन् । एकचोटी चाटिएपछि कर्मचारीहरुले उक्त जुठो केकलाई हटाएर त्यस ठाउँमा नयाँ केक राख्ने भएकाले एक व्यक्तिको जुठो अर्काले खानु नपर्ने कम्पनीका अधिकारीहरुले बताएपनि सबै अवस्थामा त्यस्तो असम्भव हुने भएकाले त्यस्ता केक चाट्नु हानिकारक हुने आलोचकहरु बताउँछन् ।




source: onlinekhabar

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.