यस्तै उक्त बच्चाका बुवा इमरान शेखले आफ्नो बच्चाको उपचारमा सहयोग गर्न पाकिस्तान सरकार र विभिन्न संघसस्थाहरुलाई आग्रह गरेका छन् । सुक्कुर क्षेत्रका बासिन्दा शेख र उनकी पत्नीले आफ्नो उक्त छोराको नाम उमार फारुक राख्ने सोँच बनाएका छन् । तर निकै चिन्ताजनक स्वास्थ्यस्थिति रहेको उक्त बच्चाको चमत्कारिक उपचार नभएमा त्यसलाई बचाउन सम्भव नहुने विज्ञहरु बताउँछन् । उता सिन्ध प्रान्तका प्रमुखले बच्चाको उपचारमा कुनै कसर बाँकी नराख्न अधिकारीहरुलाई आग्रह गरेका छन् ।
वास्तवमा गर्भमा जुम्ल्याहा भ्रुणको विकाश हुने क्रममा एउटा भ्रुण अर्को भ्रुणमा विलय हुँदा यस्तो सारीरिक अवस्थाको बच्चा जन्मिने विज्ञहरु बताउँछन् । यस्तो अवस्था दशौँ लाख बच्चामध्ये एक जनामा मात्र हुन्छ । उक्त पाकिस्तानी बच्चाका ६ वटा खुट्टा मध्ये २ खुट्टा आफ्नै रहेका र अरु ४ खुट्टा जुम्ल्याहा भाइका हातखुट्टा रहेका बताइएको छ ।
source -onlinekhabar.com
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !