ताजा खबरहरु

वर्षका हिरोहरू

देश अमूर्त वस्तु हो। यसलाई मूर्त बनाउने काम आम मान्छेले गर्छन्। यिनैमध्ये कोही जनताभन्दा माथि उठेर समग्र राष्ट्रलाई प्रतिनिधित्व गर्ने स्थानमा पुग्छन्। माथि पुगेकाहरूमध्ये पनि सकारात्मक छाप छाड्न सफल हुन्छन् भने कोही चाहेर पनि आफूलाई प्रभावकारी सावित गर्न सक्दैनन्। वर्ष २०६८ मा सफल मान्छे बन्ने दौडमा लाखौं व्यक्ति लागे पनि आमजनतामा सकारात्मक छाप छाड्ने व्यक्तिहरूको सूची निकै थोरै रह्यो। राजनीति, प्रशासन, न्याय, पत्रकारिता, व्यापार-व्यवसाय, सामाजिक संघ-संस्था एवं आमजनतामध्ये थोरैले मात्र सामान्य मानिसको स्यावासी पाए। वर्ष २०६८ मा सञ्चारमाध्यममा सकारात्मक छाप छाड्ने धेरैजसो व्यक्तिले जिन्दगीको लामो समय आफ्नो क्षेत्रमा हाड घोटेर त्यो सफलता प्राप्त गरेका हुन्। यद्यपि केहीलाई भने अचानक चिठ्ठा परिदियो।



राष्ट्रपति रामवरण यादव

कुनै बेला राजा वीरेन्द्रलाई संवैधानिक राजतन्त्रको भूमिका राम्रोसँग निर्वाह गरेको भन्दै स्याबासी दिइन्थ्यो। वीरेन्द्रले केही अपवादबाहेक २०४७ सालमा जारी भएको संविधानको राम्रोसँग पालन गरेर आफ्नो छवि उच्च बनाएका थिए। कुनै कुरा चित्त नबुझे सर्वोच्च अदालतसँग रायसुझाव लिने उनको बानी थियो। झन्डै त्यस्तै भूमिका अहिले राष्ट्रपति रामवरण यादवले निर्वाह गरिरहेका छन्। प्रधानसेनापति रुक्माङ्गद कटवाललाई प्रधानसेनापतिमै बहाल राख्ने निर्णयबाहेक राष्ट्रपति यादवले गरेका कुनै पनि कार्यको विरोध भएको छैन। कटवालको थमौतीमा पनि एकीकृत माओवादीबाहेक अरूले राष्ट्रपति कदमको स्वागत गरेका थिए। कुनै कुरा चित्त नबुझेको अवस्थामा प्रधानम्ान्त्री एवं प्रमुख राजनै तिक दलका नेतालाई बोलाएर सम्झाउने कर्तब्य निर्वाह गर्नुबाहेक उनले आफ्नो शक्ति दुरुपयोग गरेका छैनन्। गाणतन्त्र नेपालका प्रथम राष्ट्रपतिको लोकपि्रंयताको ग्राफ चार वर्षयता बढेकै छ। उनको बढ्दो लोकपि्रयता वर्ष-२०६८ मा पनि कायमै रह्यो।

पुष्पकमल दाहाल

देशको सबैभन्दा ठूलो दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' विद्रोहबाट सत्ता कब्जाको सपना देख्ने स्कुलिङबाट आएका हुन्। उनको यो सपनाले झन्डै १५ हजार निर्दोष नेपालीको ज्यान गयो। शान्तिप्रक्रियामा आए यता धेरैले उनी शान्तिपूर्ण राजनीतिबाट पछि हट्न सक्छन् भन्ने आँकलन गरेका थिए। गत असोजदेखि उनले विद्रोहमा जानुपर्छ भनेर दबाब दिँदै आएका आफ्नै राजनैतिक गुरु मोहन वैद्यको विपक्षमा शान्तिपूर्ण राजनीतिको विकल्प नभएको प्रतिवेदन प्रस्तुत गरेर आफूलाई राजनेताका रूपमा स्थापित गर्ने प्रयत्न गरे। असोजयता आफ्नो पार्टी फुट्ने अवस्थामा पुग्दा पनि उनले आफ्नो नीति परिवर्तन गरेका छैनन्। बरु आफ्नो ४० वर्षे कम्युनिस्ट राजनीति दाउमा राखेर शान्ति- प्रक्रिया र संविधानलाई टुंगोमै पुर्‍याउने अडान लिएका छन्। उनकै अग्रसरताका कारण आगामी जेठ १४ गते संविधान बन्न सक्ने आशा पलाएको छ। अहिले नै उनलाई राजनेता भनिहाल्न हतार हुनेछ, यद्यपि जेठ १४ मा शान्ति-प्रक्रिया टुङ्ग्याएर संविधान जारी गराउन लचकता प्रदर्शन गरे भने उनी वर्ष-२०६८ का सबैभन्दा लोकपि्रय नेता ठहरिनेछन्।

प्रधान्ान्यायाधीश खिलाराज रेग्मी

एक वर्षअघि प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ लोकपि्रयताको शिखरमा थिए। राजनैतिक नेतृत्वमा हुने भ्रष्टाचार र न्यायालयमा हुने बेथितिमा शून्य सहनशीलता अपनाएका श्रेष्ठकै पदचिह्नमा अहिले प्रधानन्यायाधीश खिलराज रेग्मी हिँडिरहेका छन्। न्यायमूर्ति रेग्मीले दुई वर्षमा जारी गर्ने भनेर स्थापित भएको संविधानसभाले चार वर्ष पुग्दा पनि संविधानसभा बनाउने छाँटकाट नदेखेपछि आगामी जेठ १४ लाई अन्तिम समयसीमा तोकिदिएका छन्। त्यसबाहेक पूर्वाप्रधानन्यायाधीश श्रेष्ठका पालामा सुरु भएका न्यायालय सुधारका कार्यलाई उनले उसैगरी अघि बढाइरहेका छन्। फरक के मात्र छ भने श्रेष्ठ आफूले गरेका असल कार्यलाई बाहिर ल्याएर सार्वजनिक गर्थे भने रेग्मी चुपचाप आफ्ना काम अघि बढाइरहेका छन्। अदालतमा हुने भ्रष्टाचारलाई लिएर लामो समयसम्म बदनाम भएको न्यायालयलाई आफ्नो ट्रयाकमा हिँडाएकै कारण रेग्मीको लोकपि्रयकता वर्ष-२०६८ मा बढेको देखिन्छ।

रामेश्वरप्रसाद खनाल

प्रशासन संयन्त्रमा अनावश्यक हस्तक्षेप भएको भन्दै गत वर्ष अर्थ सचिवबाट राजीनामा दिएपछि रामेश्वर खनालको राष्ट्रव्यापी चर्चा भयो। समयमै बजेट ल्याएर योजनाबद्ध विकासमा ध्यान पुर्‍याउनुपर्छ भन्ने अडान राख्ने खनाललाई राजनीतिक दल, विशेषगरी तत्कालीन एमाले अथर् मन्त्री भरतमोहन अधिकारी र उनका नजिकका मान्छेबाट अनावश्यक दबाब आएपछि उनले राजीनामा दिएका थिए। कर्मचारी संयन्त्रमा हुने राजनीतीकरणको विरोधमा उनले राजीनामा दिएको बताएका थिए। उनको राजीनामा पछि नै अहिले मन्त्री वा मन्त्रीका स्वकीय सचिवले गरेको सानो हस्तक्षेपका विरुद्ध कर्मचारीहरू बोल्न थालेका छन्। यसअघि सचिव विभागीय मन्त्रीका एस म्यान हुने गरेको आरोप लाग्ने गरेको थियो।

न्यायाधीश सुशीला कार्की

गत वर्ष सर्वोच्च अदालतमा स्थायी न्यायाधीश पदमा बहाल हुँदा आम व्यक्तिले सुशीला कार्कीलाई सर्वोच्चको शोभाका रूपमा मात्र लिएका थिए। सबै सार्वजनिक पदमा महिलालाई ३३ प्रतिशत कोटा पुर्‍याउनुपर्ने बाध्यतामा सुशीला कार्कीलाई सर्वोच्चमा ल्याइयो भन्ने चर्चा व्यापक थियो तर जसै उनको इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दा पाउन थाल्यो, धेरैका कान ठाडा हुन थाले। विशेष अदालतले सफाइ दिएको एवं सवोर् च्चमा लामो समय अड्किएको जयप्रकाशप्रसाद गुप्ताको भ्रष्टाचारसम्बन्धी मुद्दामा न्यायाधीश कार्कीसहितको इजलासले गम्भीर फैसला गर्‍यो। यो फैसलाले इतिहासमा पहिलो पटक बहालबाला मन्त्रीले भ्रष्टाचार गरेको ठहर भयो। सबैभन्दा महत्त्वपूर्ण कुरा विशेष अदालतले गुप्ताको मुद्दामा बद्नियतपूर्वक सफाइ दिएकाले न्यायाधीशलाई समेत अनुसन्धानको घेरामा ल्याउने फैसला गर्‍यो। उक्त फैसलासँगै सुशीलाको कद अग्लिएको छ। लामो समयसम्म विराटनगरमा वकालत गरेर ख्याति कमाएकी सुशीला कार्की गत वर्ष कात्तिकमा न्यायापरिषद्को सिफारिसमा सर्वोच्च अदातलको न्यायाधीश बनेकी थिइन्।

डा. शंकरमान राई, प्लास्टिक सर्जन

प्लास्टिक सर्जन डा. शंकरमान राईले असहाय एवं गरिबहरूको उपचार गर्ने वातावरण नपाएकै कारण त्रिवि शिक्षण अस्पतालको जागिर छो डेका थिए। उनले जन्मजात खुँडे, तालु फाटेका, जलेर वा कुनै दुर्घनाबाट कुरुप र अंगभंग भएका हजारौं नेपालीलाई प्लास्टिक सर्जरी गरेका छन्। गाउँ-घरका गरिब र असहाय बिरामीहरू काठमाडौं आउन नसक्ने हुनाले सकेसम्म समुदायमै, उनीहरूको निःशुल्क उपचार गर्नुपर्छ भन्ने मान्यताका राईले दोलखाकी बालिका भावना थामीको उपचार गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएपछि राष्ट्रव्यापी चर्चा पाए। डा. राईले १० वर्षदेखि जनस्वास्थ्य सरोकार केन्द्र -फेक्ट) सागको साझेदारी तथा अमेरिकाको क्यालिफोर्नियास्थित गैरसरकारी संस्था इन्टरलिस्टको सहयोगमा यो कार्य गरिरहेका छन्। डा. राईले सन्ा २००० यता हरेक वर्षजसो आपmनो क्षेत्रका कुनै न कुनै अन्तराष्ट्रिय पुरस्कार पाइरहेका छन्। यद्यपि सन् २००४ मा डा. नाथन डेभिस इन्टरनेसनल अवार्डमा पाएको २० हजार अमेरिकी डलरलाई गरिब बालबालिकाको उपचारमा खर्च गरेपछि डा. राईको उचाइ थप चुलिएको थियो।

यसबाहेक समाजसेवी पुष्पा बस्नेत वर्ष २०१२ मा सिएनएन हिरोमा मनोनयन भएपछि चर्चामा आइन्। बस्नेत नेपालमा कार्यरत समाजसेवी तथा प्रारम्भिक बाल विकास केन्द्र एवं पुतली घर नामक गैरनाफामूलक गैरसरकारी संस्थाकी संस्थापक/अध्यक्ष हुन्। उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकार सुरक्षित गर्ने काम गर्छ। गत वर्ष माइती नेपालकी अध्यक्ष अनुराधा को इराला सिएनएन हिरो भए पछि नेपालमा उक्त अवार्डको महत्व बढेको थियो।

यसैगरी काठमाडौंका साँगुरा सडक फराकिलो पार्न महत्वपूर्ण योगदान दिने नगरविकासका प्रमुख भाइकाजी तिवारी एवं ट्राफिक प्रहरी प्रमुख डिआइजी गणेश राईको चर्चा पनि कम भएन। विश्वका सबैभन्दा होचा व्यक्तिमा नाम लेखाएर ७२ वषर्ीय चन्द्रबहादुर डाँगी पत्रपत्रिकाहरूमा छाए। वर्ष ०६८ मै पिपल्स च्वाइस एडभेन्चरर्स अफ दि इयर उपाधि रामेछापका सानोबाबु सुनुवार र सोलुखुम्बुका लार्पाछिरी शेर्पालाई दिने नेशनल ज्योग्राफिक च्यानलको निर्णयले पनि चर्चा पायो। समिट टु सी नामक यात्राका क्रममा शेर्पा र सुनुवार गत २१ मेमा सगरमाथाको चुचुरोबाट प्याराग्लाइडिङ र कायाकिङ गर्दै २८ जूनमा बंगालको खाडी पुगेका थिए।

यसैगरी यस वर्ष कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि आफ्नो करियरको उचाइमा पुगेको महसुस गरियो। नेपाली कलाकारमध्ये अग्रणी यी कलाकारले गत वर्ष मदन भण्डारी राष्ट्रिय पुरस्कार पाए। लामो समयदेखि लगातार कलाकर्ममा लाग्ने यीमध्ये हरिवंश आचार्यले यस वर्ष आफ्नी पत्नी गुमाउँदा पनि आफ्नो कलाकारितामा आँच आउन दिएनन्। यस वर्ष यी कलाकार सानिमा बैंक, जगदम्बा स्टिल र डिस होम ब्रान्डका विज्ञापनमा देखा परे। यी तीन वटै विज्ञापनमा उनीहरूले पाएको पारिश्रमिक अहिले सम्मकै सबैभन्दा बढी भएको अनुमान गरिन्छ।
source:Ekantipur

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.