ताजा खबरहरु

अब ११ प्रतिशत छुटमा नेपालमा ‘आईफोन ४ एस

 आईफोनको पछिल्लो मोडल ‘फोर एस’ आजदेखि नेपाली बजारमा आउँदैछ । जसको ग्राहक मूल्य ७८ हजार पर्ने छ ।तर यसैवेला इन्टरनेटमार्फत कारोवार सुरु गर्न लागेको हाम्रो डिलले ११ प्रतिशत छुटमा आाईफो फोर एस उपलब्ध गराउन थालेको छ । यसका लागि हाम्रो डिल डटकममा गएर सदस्य बन्नुपर्ने छ । फेब्रुअरी २४ देखि सुरु हुने डिलमा कम्पनीले इमेलमार्फत डिल पठाउने छ । सदस्यले डील स्वीकृत गरेपछि अब ६९ हजार ४ सय २० रुपैयाँमा प्राप्त गर्नेछन् ।

हाम्रो डिलका लक्षु थापाका अनुसार केही सयको संख्यामा मात्र यसरी छुटमा आईफोन उपलब्ध गराइने छ । तत्कालका लागि काठमाण्डौं र पोखराबाट डिलमा सहभागी हुन सकिने उनले बताए । मुलुकको अन्य भागमा रहेका ग्राहक पनि डिलमा सहभागी हुन पाउने तर आईफोन खरिद भने दुई शहरका प्रतिनिधि बिक्रेताहरुबाट मात्र लिन सकिने उनले जानकारी दिए । हाल सदस्यताका लागि साइट खुला भएको र आगामी शुक्रबारदेखि कारोवार सुरु हुने थापाले बताए ।

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.