स्कटल्याण्डमा ओवरटाउन बि्रज नामको यस्तो पुल छ जहाँ कुकुरहरुले आत्महत्या गरिरहेका छन् । १९५० देखि सन् २००६ सम्ममा यस पुलबाट हाम फालेर झण्डै ५० वटा कुकुरले आत्महत्या गरिसकेका छन् ।उक्त पुलबाट किन कुकुरहरुले त्यसरी आत्महत्या गर्छन् भन्ने कुराको चुरो भने अझै पत्ता लागिसकेको छैन । यस्तो पूलको बारेमा विभिन्न विज्ञहरुले आआफ्ना थ्योरी समेत प्रतिवादन गरिसकेका छन् । कतिपयले यो ठाउँमा भुत भएकाले कुकुरहरुलाई तान्ने गरेको दाबी गरेका छन् । पशु विशेषज्ञहरु भने यो पुलबाट हाम फाल्ने कुकुरहरु बौलाहा कुकुर रहेको दाबी गर्छन् ।
हालै पशु व्यवहार विशेषज्ञ डाक्टर डेविड स्यान्ड तथा जनावरको वासस्थान सम्बन्धि विज्ञ डेविड सेक्सटनले यो पुलबाट किन कुकुर यसरी हाम फाल्छन् भन्ने बारेमा विस्तृत खोज गरेका छन् । उनीहरुका अनुसार त्यस क्षेत्रमा खासगरी पुलमुनि बाट विशेष प्रकारको गन्ध आउने र सोही गन्धका कारण पुलमा रहेका कुकुरहरु आकषिर्त भएर हाम फाल्ने गरेका छन् । सो गन्ध बिभर भन्ने एक प्रकारको उभयचर मुसाको हो ।
पुलमुनिको भाडी क्षेत्रमा बिभर लगायत अन्य मुसा र लोखर्के समेत रहेका र तिनै जिवको गन्ध आउँदा कुकुर आहारा सम्झेर पुलबाट हाम फाल्ने गरेको विज्ञहरु बताउँछन् । त्यसरी हामफाल्ने मध्ये धेरै कुकुर जमिनमा बज्रेर मर्ने गरेका छन् भने केही तल जमिनमा दौडेर फेरी पुलमा चढी पटक पटक हाम फाल्ने गर्छन् । भिडियोका लागि तल क्लिक गर्नुहोस्
Source : Online Khabar.com
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !