सिस्कोका अनुसार त्यो समयसम्ममा मोबाइल नेटवर्कमा हरेक वर्ष १३० हेक्साबाइट्स डाटा हुनेछन् ।यो डाटा यति ठूलो परिमाण हो की यदि यी सबै डाटालाई डिभीडीमा संग्रहित गर्न चाहेमा ३३ अरब डिभिडीको आवश्यकता पर्नेछ ।
अध्ययनले पछिल्लो समयमा मोबाइलमार्फत डाटा आदानप्रदान तथा प्रयोग र संग्रहको क्रम निकै बढेको र डाटाको प्रयोग बढ्नु मोबाइल कम्पनीहरुका लागि टाउको दुखाइको विषय बनेको निष्कर्ष निकालेको छ । अहिले स्मार्टफोनका उपभोक्ताले औषतमा १५० मेगाबाइट्स डाटा उपयोग गरिरहेको र सन् २०१६ सम्ममा यो आँकडा २.६ गिगाबाइट्स पुग्ने सिस्कोको भनाइ छ ।
१६ सम्ममा ६० प्रतिशत मोबाइल प्रयोगकर्ताले एक महिनामा कम्तिमा १ गिगाबाइट डाटा प्रयोग गर्ने अनुमान गरिएको छ । डाटा लोड बढ्नुको मुख्य कारण भिडियो डाटाको प्रयोग बढ्नु रहेको भन्दै सिस्कोले लोड बढेसँगै नेटकर्वको क्षमता विस्तारमा ध्यान दिइनुपर्ने बताएको छ ।
source:onlinekhabar.com
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !