ताजा खबरहरु

Upcoming Nepali Movies

चपली हाइट,  आइ एम सरी, काठमाडौं, भिसा गर्लको रेकर्डिङ  र  मञ्जरीको खोजी  
 (Review) Source : Ekantipur.com

माघ २७ मा आइ एम सरी (I am Sorry!)
आर्यन सिग्देल तथा केकी अधिकारीले मुख्य भूमिका निर्वाह गरेको चलचित्र 'आइएम सरी' आगामी माघ २७ गतेदेखि देशव्यापी प्रदर्शन हुने भएको छ। नव निर्देशन दिनेश राउतले निर्देशन गरेको यो चलचित्रको निर्माण हरि महतले गरेका हुन्। गत बिहिबार काठमाडौंमा आयोजित प्रेसमिट कार्यक्रममा चलचित्रका निर्माता महतले देश भरिका करिब पचासवटा सिनेमा हलमा यो चलचित्र प्रदर्शन गरिने बताए । कार्यक्रममा चलचित्रका अधिकांश कलाकार तथा प्राविधिकहरू भेला भएका थिए ।






चपली हाइटको प्रोमो सार्वजनिक


यौन मनोविज्ञानमा आधारित चलचित्र 'चपली हाइट' आगामी चैत ३ गतेदेखि प्रदर्शनमा  आउने भएको छ। गत सोमबार काठमाडौंमा आयो जित चलचित्रको गीति संग्रह, प्रोमो तथा पोस्टर सार्वजनिक गर्ने समारोहमा चलचित्रका निर्माता तथा संगीतकार अर्जुन कुमारले प्रदर्शन मिति  तय भएको घोषणा गरेका हुन्। दीपेन्द्र के खनालद्वारा निर्देशित यो चलचित्रका गीतहरू संग्रहित सिडीको यही चलचित्रका नायक-नायिका  अमिर गौतम, राज घिमिरे तथा  विनिता बरालले सार्वजनिक गरेका हुन्। चलचित्रमा २ वटा गीत छन्। समारोहमा चलचित्रका गीतहरूको  भिडियो तथा प्रोमो समेत सार्वजनिक गरियो। कार्यक्रममा चलचित्रका निर्देशक खनालले चपली हाइटमा अहिलेको पुस्तालाई हेरेर नौलो प्रयोग  गरिएको बताए। यसबीच 'चपली हाइट' को प्रोमो हलिउडको सफल चलचित्र 'बेसिक इन्टिङक्ट' बाट नक्कल गरिएको दाबी केही अनलाइन  पत्रिकाहरूले गरेका छन्। 





काठमाडौंका कुरा

निर्माता, निर्देशक तथा नायक आकाश अधिकारीको महत्वाकांक्षी चलचित्र 'काठमाडौं' आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने पक्का भएको छ। गत आइतबार सम्पन्न पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले यो चलचित्र देश्ाव्यापी रूपमा प्रदर्शन हुन लागेको बताएका हुन्। सम्मेलनमा निर्देशक अधिकारीले यो चलचित्रमा राजधानी काठमाडौंको वास्तविक अनुहार प्रस्तुत गरेको बताए। अहिलेको युवापुस्तालाई आधार बनाउँदै निर्माण गरिएको यो चलचित्रको कथा, प्रस्तुतीकरण, गीतसंगीत, अभिनय तथा गुणस्तरका हिसाबले उत्कृष्ट चलचित्र निर्माण गरेको दावी अधिकारीको छ। पत्रकार सम्मेलनमै उनले यो चलचित्रको सिक्वेल 'क्यापिटल' निर्माण गर्ने घोषणा गरे। 'काठमाडौं' मा आकाश अधिकारीका अतिरिक्त रेश मरहट्ठा, संयुक्ता राणा, रिया मार्फी, प्राप्ति घिमिरे, ममता प्रधान, गौरी मल्ल आदिले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यो चलचित्रमा राहुल प्रधानको संगीत छ।

भ्यालेन्टाइन्स डेमा २ चलचित्र

फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डेको अवसर पारेका २ नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएका छन्। आगामी फागुन ५ गते सुरेशदर्पण पोखरेलको चलचित्र 'मिस यू' तथा गोपिकृष्ण मुभिजको चलचित्र 'मायाको बारीमा' प्रदर्शन हुन लागेका हुन्। अधिकांश छायांकन मलेसियामा गरिएको चलचित्र मिस यू मा दिलिप रायमाझी तथा नम्रता श्रेष्ठको मुख्य भूमिका छ भने 'मायाको बारीमा' मा केकी अधिकारी तथा एसराज गराचले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

मञ्जरीको खोजी

गणेशदेव पाण्डेको पहिलो निर्देशकीय चलचित्र 'मालतीको भट्टी' सार्वजनिक हुने दिन नजिकिँदै गएका बेला उनी भने आगामी चलचित्र ' मञ्जरी'का लागि नायिकाको खोजीमा व्यस्त छन्। अभिनेता टीका पहारीका सुपुत्र गौरव पहारी नायक रहने उक्त चलचित्रको छायांकन चैत महिनातिर प्रारम्भ हुनेछ।

भिसा गर्लको रेकर्डिङ

अग्रणी उद्यमी संस्था चौधरी ग्रुपले वसन्त चौधरीको एल्बम 'वन्ली लभ'पछि चलचित्र 'भिसा गर्ल'को निर्माण गर्दैछ। सिजी इन्टरटेन्मेन्टको ब्यानरमा नायक विनय श्रेष्ठ तथा नायिका ऋचा शर्माको सह लगानी रहने उक्त चलचित्रको लेखक तथा निर्देशक प्रचण्ड श्रेष्ठ हुन्। चलचित्रमा विनय र ऋचाका अतिरिक्त कलाकार मदनदास श्रेष्ठका छोरा तथा रेडियो कान्तिपुरका आरजे रेमनदास श्रेष्ठ नायकका रुपमा डेब्यु हुँदैछन्। कर्म पनि नायक रहने चलचित्रको छायांकन केही सातामै आरम्भ हुने भएको छ। उक्त चलचित्रका गीतको रेकर्डिङ सम्पन्न भैसकेको छ।

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.