ताजा खबरहरु

याहुका संस्थापकले कम्पनी छाडे



बढ्दो प्रतिस्पर्धामा आफ्नो अस्तित्व रक्षाका लागि संर्घष गरिरहेको इन्टरेनट कम्पनी याहुका सह-संस्थापक जेरी याङले कम्पनी छाडेका छन् । पेपालका पूर्व कार्यकारी अधिकृत स्कट थमसनलाई याहुको नयाँ कार्यकारी अधिकृत नियुक्त गरेको दुई सातापछि मंगलबार याङले कम्पनी छाडेको घोषणा गरेका हुन् । ४३ बषिर्य याङले कम्पनीको स्थापनादेखि नै सदस्य रहेको याहुको संचालक समिति बोर्डबाट समेत राजीनामा दिएका छन् । आफुले याहुमा बिताएको समय जीवनकै सवैभन्दा महत्वपूर्ण क्षण भएको भन्दै याङले कम्पनीका अध्यक्षलाई लेखेको पत्रमा भनेका छन- मैले याहुभन्दा बाहिरै बसेर केही गर्नुपर्ने छ ।

पत्रमा उनले अगाडी के काम गर्न खोज्दैछन भन्ने खुलाएका छैनन् । फोब्र्स पत्रिकाका अनुसार १ बिलियन ११ मिलियन डलरका मालिक हुन् । बिश्लेषकहरुले उनले कम्पनीको होल्ड गुमाउँदै गएको इन्टरनेट युद्धमा हार बेहोरेकाले छाडेको अनुमान गरेका छन् । अब याङले हाँकेको युद्धलाई अगाडी बढाउने अभिभारा आइलागेको छ नयाँ सिइओ थमसनका अगाडी । इन्टरनेट बिज्ञापनमा झनपछि झन धेरै पैसा आइरहेका बेला पछिल्ला बर्षहरुमा याहुले भने आफ्नो हिस्सा गुमाउँदै गएको थियो । धेरैजसो बिज्ञापन बजार गुगल र फेसबुकले लिइरहेका छन् । त्यति हुँदाहुँदै पनि याहु नाफामै रहेको कम्पनी हो जोसाग बिश्वभर ७ करोड ग्राहक छन् ।

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.