ताजा खबरहरु

४६ नयाँ प्रजाति फेला




११ माघ, काठमाण्डौ । दक्षिण अमेरिकी जिव विज्ञहरुले ४६ वटा नयाँ वन्यजन्तुका प्रजाति पत्ता लगाएका छन् ।
दक्षिण अमेरिकी सानो मुलुक सरिनेमका वन्यजन्तु विद्हरुले पि्रस्टाइन उष्णप्रदेशीय जंगलमा ठूलो संख्यामा नयाँ प्रजाति पत्ता लगाएका हुन् ।
वैज्ञानिक, स्थानीय आदिवासी तथा विद्यार्थीहरु सम्मिलित टोलीले उष्णप्रदेशीय जंगल क्षेत्रमा कुल १३ सय प्रजाति रेकर्ड गरेकोमा ४६ प्रजाति नयाँ रहेको पुष्टि भएको छ ।
फेला परेका अरु प्रजाति समेत नयाँ हुनसक्ने विज्ञहरुको भनाइ छ ।

पत्ता लागेका नयाँ प्रजातिमा काउब्वाइ नामको भ्यागुतो, चम्किलो फट्यांग्रो लगायतका छन् ।
अनुसन्धान टोलीका प्रमुख ट्रन्ड लार्सेनले पछिल्लो खोज जैविक विविधताको क्षेत्रमा निकै महत्वपूर्ण रहेको बताउनुभएको छ ।

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.