ताजा खबरहरु

एक बर्षभित्र सवै गाविसमा उच्च गतिको इन्टरनेट

२० माघ, काठमाण्डौ । नेपाल टेलिकमले एक बर्षभित्र मुलुकका सवै गाविसमा उच्च गतिको इन्टरनेट सेवा वाई-म्याक्स पुर्‍याउने भएको छ ।
२ सय ५६ केवीपिएस गतिको इन्टरनेट उपलब्ध हुने वाईम्याक्स पुगेपछि सवै गाविस इन्टरनेट संजालमा जोडिने भएका छन । यसका लागि अमेरिकाको एरिस्पान ईंक नामक कम्पनीसँग सम्झौता हुन लागेको टेलिकमले जनाएको छ ।
देशका ३ हजार ९ सय १५ गाविसलाई पूर्व र पश्चिम गरि दुई भागमा बाँडेर समानरुपमा काम अघि बढाउने तयारी भइरहेको टेलिकमले जनाएको छ । यसका लागि ७८ करोड रुपैयाँ खर्च हुने बताइएको छ ।
source:(onlinekhabar.com)

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.