पोल्यान्ड र युक्रेनको संयुक्त आयोजनमा युरोकप २०१२ (Eurocup 2012) सञ्चालन भइरहेको छ । पहिलो चरणको खेल सकिएर, दोस्रो चरणको खेल सुरु भइसकेकोछ, अनि युरोकप २०१२ मा झन् झन् रोमाञ्चकता थपिँदै गएकोछ । युरोकप २०१२ को गर्मी संसारभरि फैलिँदा, नेपालमा पनि चर्चा नहुने त कुरै भएन । तर नेपालमा युरोकपको चर्चा अफलाइनमा मात्र सिमित रहेको छैन ।
गुगल ट्रेन्डका अनुसार “Eurocup 2012” सबैभन्दा धेरै पटक नेपालबाट गुगलमा सर्च गरिएकोछ ।
नेपालमा फुटबल अत्यन्तै लोकप्रिय छ । अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा नेपालले खासै प्रगति गर्न नसकेपनि, नेपालमा फुटबल खेल प्रेमीहरुको जमात चाँहि दिनहुँ बढ्दो छ । हामी फुटबल भनेपछि आफ्नो निन्द्रै माया मारेर, रात रात भर जागा बसेर फुटबल हेर्छौँ । फुटबल खेल हेर्न कै लागि, चोकचोकमा स्थानिय क्लब र युवाहरुले प्रोजेक्टर नै राख्ने गरेकाछन् ।
हामी नेपालीहरु सबै कुरा मा अगाडि छौ तर देश विकास मा पछाडी छौ
ReplyDelete