ताजा खबरहरु

फेसबुकको आयु ७-८ वर्ष

सामाजिक संजाल फेसबुक यति लोकपि्रय छ की यो विनाको संसारको कल्पना गर्न समेत गाह्रो हुँदै गैरहेको छ । तर विश्लेषकहरुले भने आउँदो ५ देखि ८ वर्षभित्रमा फेसबुकको अस्तित्व समाप्त हुने दाबी गरेका छन् ।
खासगरी फेसबुकको शेयर मूल्यमा आएको गिरावटले यसको अस्तित्वमाथि प्रश्न उठाएको विश्लेषकहरुको टिप्पणी छ । चर्चित लगानी र्फम आइरन फायर क्यापिटलका संस्थापक इरिक ज्याक्सनले अब छिट्टै फेसबुकको हालत पनि याहुको जस्तो हुने भविष्यवाणी गरेका हुन् ।
याहुले अहिलेपनि नाफा कमाइरहेको र यसमा १३ हजार जनाले रोजगारी पाइरहेका भएपनि याहुको अहिलेको स्तर सन् २००० को भन्दा केबल १० प्रतिशत मात्र रहेको र समग्रमा याहुलाई अहिले लोप भएको भन्न सकिने उनको तर्क छ । आउँदो ८ वर्षभित्रमा फेसबुकको हालत पनि यस्तै हुने उनी बताउँछन् ।
अहिले मोबाइल प्रयोगकर्ता फेसबुकको कमाइखाने भाँडो भएका भएका र फेसबुकले विभिन्न मोबाइल कम्पनीहरुलाई खरीद गरिरहेको भएपनि मोबाइल प्रयोगकर्ता आफ्नो मोबाइलमा फेसबुको प्रयोग गर्दा आउने कठिनाइबाट हैरान भएकाले उनीहरुको छिट्टै मोहभंग हुने इरिक बताउँछन् । फेसबुकको शेयर मुल्यमा आइरहेको गिरावट यसको अन्त्यको एक सूचक भएको उनको ठम्याइ छ । स्मरण रहोस् ३८ डलर मुल्यमा जारी गरिएको फेसबुकको शेयर मुल्य अहिले २६ डलरमा झरेको छ ।

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.