ताजा खबरहरु

इन्टरनेटमा चहलपहल बितेको वर्ष 2011मा


बितेको वर्ष पनि इन्टरनेट जगतले आफ्नो वर्चस्व कायम राख्यो। इन्टरनेटकै माध्यमबाट जनता आफ्नो आवाज बुलन्द बनाउँदै गरिबी एवं बेरोजगारीविरुद्ध आन्दोलनमा उत्रिए। विश्वमा भएका अधिकांश आन्दोलनमा फेसबुकलगायत सामाजिक साइटको उपयोग गरियो। अरब क्रान्ति, वालस्टि्रट कब्जादेखि अन्ना हजारेको आन्दोलनसम्ममा सहयोगी बन्यो इन्टरनेट। इन्टरनेटको शक्तिलाई महसुस गरेर जनताले यसलाई आफ्नो पक्षमा उपयोग गरे।



फेसबुकः ह्याकरको सिकार

यस वर्ष फेसबुक प्रयोगकर्ता बढी नै ह्याकिङको सिकार भए। फेसबुकमा यति ठूलो स्पामको हमला यसअघि भएको थिएन। यसपाली थुप्रै प्रयोगकर्ताको प्रोफाइल ह्याक भयो र उनीहरूको नामबाट साथीको फेसबुकमा अश्लील तस्बिर तथा भिडियो पेस्ट भए। स्पाम हमलाले फेसबुक र अन्य सोसल नेटवर्किङ साइटको सुरक्षाप्रति प्रश्नचिन्ह खडा गरिदियो। हालको यो हमला त रोकिएको छ, तर सम्भावित खतरा भने अझै टरेको छैन। अनौठो कुरा त के छ भने फेसबुकमा यति धेरै हमला भए पनि यसको लोकप्रियतामा कुनै कमी आएन। यसका प्रयोगकर्ता थपिने क्रम बढ्दै गयो। सबैभन्दा बढी सर्च गरिने साइटमा फेसबुकको हिस्सा एकतिहाइ छ।

सोसल नेटवर्किङ साइटः सरकारको टाउको दुखाइ


सोशल नेटवर्कको माध्यमबाट सरकारविरुद्ध आन्दोलन छेडिए, धेरै मुलुकमा। यसैमार्फत प्रयोगकर्ताले नेता, मन्त्री तथा राजनीतिक दलका कमी-कमजोरीहरूमाथि खुला बहस चलाए। त्यति मात्र होइन देवी-देवता, विशिष्ठ व्यक्ति एवं राजनेताका आपत्तिजनक चित्रहरू अनियन्त्रित रूपमा सोशल नेटवर्किङ साइटमा राखिए। फेसबुकजस्तै सोसल नेटवर्किङ साइटमा राखिने यस्ता आपत्तिजनक सामग्रीमाथि निगरानी गर्नु सम्बन्धित निकायका लागि टाउको दुखाइ बन्यो।

ट्वीटरको क्रेज

यो वर्ष ट्वीटरको क्रेज निकै बढ्यो। थुप्रै सेलिव्रेटी एवं विशिष्ठ व्यक्तिहरू ट्वीटरमा जोडिए। उनीहरूले फलोअर्सका लागि आफ्ना बारेमा ताजा जानकारी अपडेट गरिरहे। सर्वसाधारणदेखि ठूला-ठूला हस्तीको जीवनको अभिन्न हिस्सा बन्यो ट्वीटर। ट्वीटमा कसैले वाहीवाही पाए भने कसैले आलोचना खेप्नुपर्‍यो।

गुगल अनलाइन म्युजिक सेवा

इन्टरनेट सेवा उपलव्ध गराउने कम्पनी गुगलले यसवर्ष गुगल म्युजिकको नाममा अनलाइन म्युजिक सेवा प्रारम्भ गर्‍यो। यसमा प्रयोगकर्ताका लागि गुगल सोशल नेटवर्किङ साइट गुगल प्लसमा जोड्ने र एमपीथि्र स्टोर जस्ता सुविधा उपलब्ध छ।

ओरकुटः चलेन जादु

जब फेसबुकले इन्टरनेट जगत्मा आफ्नो पहिचान बनायो, जो कोहि यसप्रति आकषिर्त भए। ओरकुटका क्रेजी प्रयोगकर्ता फेसबुक, ट्वीटरलाई पच्छ्याउन थाले। उनीहरूले ओरकुटलाई अब आउट डेटेड मान्न थालेका छन्। ओरकुटले गुमेको पहिचान प्राप्त गर्न आफ्नो ले आउट एवं सुविधामा परिवर्तन गर्‍यो। प्रयोगकर्ताहरूका अनुसार ओरकुटको नयाँ रूप फेसबुकसँग मिल्दो जुल्दो छ। यद्यपि ओरकुटको यो वद्लिदो स्वरूपले पनि प्रयोगकर्ताको मन

जित्न सकेन।

जीमेलः बद्लियो रूप

यस वर्ष जीमेलको डिजाइनमा केही परिवर्तन देखियो। यसले आफूलाई पहिलेभन्दा बढी तीव्र र स्पाम फ्री बनायो। नयाँ डिजाइनका बाबजुद जीमेल यसका प्रतिस्पर्धीको तुलनामा केही कमजोर नै छ। जसले गर्दा यसले भनेजस्तो प्रयोगकर्ता तान्न सकेको छैन। यसले केही खास मेल स्पाम वक्समा पठाइदिन्छ र यसमा प्रिब्यु पेन सुविधा पनि छैन।


source:eKantipur

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.