सूचना-प्रविधिको क्षेत्रमा खतरनाक कम्प्युटर सफ्टवेयरको माध्यमबाट हुने अपराधले नयाँ-नयाँ खालका चुनौती एवं व्यवधानहरू सिर्जना गरेको छ। खास गरेर सूचना-प्रविधिलाई गलत रूपमा प्रयोग गरी चाँडै धनी हुने, राष्ट्रको संवेदनशिल सुरक्षा सूचना चोर्ने एवं बदलाको भावनाले चोट पुर्याउनेहरू यो क्षेत्रमा अनौठो रूपमा प्रस्तुत भएको विभिन्न अध्ययनले देखाएका छन्।
अहिले साइबर तथा कम्प्युटरयुक्त सूचना-प्रविधिलाई माध्यम बनाएर बैंक ठगी गर्ने, क्रेडिट कार्डहरूको फर्जी प्रयोग गर्ने, अर्काको निजी गोप्य कुरा चोर्ने, टाढाटाढा रहेका अपराधीहरूसँग सम्पर्क कायम गर्ने र सांगठनिक सञ्जाल तयार गर्ने, प्रहरी सूचना चोरी गरी अपराधका विभिन्न योजना तयार गर्ने, खतरनाक कम्प्युटर भाइरस बनाएर इन्टरनेटमा पठाउने र कम्प्युटर तथा इन्टरनेट प्रणाली ध्वस्त गर्नेजस्ता उच्च प्रविधियुक्त अपराध आधुनिक संसारको ठूलो समस्या बनेको छ।
इन्टरनेट सञ्जाल र सूचना-प्रविधिको दुरुपयोग नयाँ संसारको दु्रत एवं छट्टु माध्यम हो, जसबाट गरिएको अपराधको प्रमाण सजिलै मेटाउन सकिन्छ र कानुनी कारबाहीबाट पनि बच्न सकिन्छ। इन्टरनेट सञ्जालमार्फत जब कुनै घटना हुन्छ, सुरक्षा निकायले सबैभन्दा पहिले त्यो इन्टरनेट साइटको ठेगाना पत्ता लगाउन खोज्छ, तर त्यति बेलासम्म यो अपराधका सम्बन्धमा सही कुरा पत्ता लगाउन निकै असम्भव हुन्छ। किनभने अपराधीहरूले पहिले नै बठ्याइँ गरी नक्कली इन्टरनेट डोमेन लिएका हुन्छन्। अध्ययनले उल्लेख गरेअनुसार ठगी, फौज्दारी अपराध एवं गलत जानकारीयुक्त सूचना प्रवाह गर्ने उद्देश्यले गरिएको डोमेन दर्ता नक्कली हुन्छ।
केही समयअघि मात्र अमेरिकी सरकारका तर्फबाट गरिएको एक सर्वेक्षणअनुसार विश्वभर २३ लाख डोमेन गलत नाममा दर्ता गरिएका छन् भने त्यसमा १६ लाख डोमेनको ठेगाना समेत प्रस्ट छैन। कतिपय डोमेन त अरूको नाम र ठेगानामा समेत दर्ता भएको पाइएको छ। उक्त सर्भेमा ८ दशमलव ६ प्रतिशत डोमेन मात्र आधिकारिक र सही भएको पत्ता लागेको छ। प्रायशः यस्ता डोमेन नामबाटै ठगी, क्रेडिट कार्डको गलत प्रयोग, आतंकवाद वा अन्य आपराधिक गतिविधिहरू सुरक्षित रूपमा गरिएको पाइन्छ। यस्ता साइटबाट भाइरस, स्पाम तथा स्पाइवेयर भाइरस पठाउने कुरा त सामान्य नै भैसकेको छ।
यस्तै इ-मेलमार्फत विभिन्न आकर्षणसहित हजारौं प्रयोगकर्ताकहाँ भाइरस पठाउने र प्रयोगकर्ताले इमेल खोल्नेबित्तिकै कम्प्युटरमा भाइरस सर्ने, भाइरस क्लिन गर्न पैसा पठाउन भन्ने, विभिन्न अवसर र उपहारको प्रलोभन देखाएर ठूलो रकम असुल्ने आदि क्रम पनि विश्वभर जारी छ।
इन्टरनेट प्रयोगकर्ताहरू आपmनै लापरबाहीका कारण पनि क्षति बेहोर्ने गरेका छन्। अध्ययनअनुसार ८३ प्रतिशत प्रयोगकर्ताहरूले नेट सुरक्षाप्रति त्यति ध्यान पुर्याउँदैनन् भने ५३ प्रतिशत प्रयोगकर्तालाई सुरक्षा उपायका सम्बन्धमा थाहा हुँदैन। त्यस्तै ४२ प्रतिशत प्रयोगकर्ता सुरक्षाका लागि साथीभाइ एवं परिवारका सदस्यहरूमाथि भर पर्छन्। त्यस्तै संसारभरिको २० प्रतिशत कम्प्युटरमा एन्टिभाइरस प्रोग्राम छैनन्। २२ प्रतिशत प्रयोगकर्ताले आफूलाई थाहा नभएका बेनामी इमेल एट्च्यामेन्ट खोल्दा भाइरस कम्प्युटरमा सर्छ। कम्प्युटरमा भाइरस सर्ने प्रमुख कारणहरू मध्ये यो पनि एउटा रहेको देखिएको छ। त्यस्तै यस्ता भाइरस हालेर पठाइएका इमेल साथीहरूलाई पुनः पठाउने कार्यबाट पनि भाइरस सर्ने गरेको अध्ययनले देखाएको छ। सुरक्षित अनलाइनसम्बन्धी यो अध्ययन अमेरिकाका नेसनल हाइटेक संस्थाका अपराध अनुसन्धान तथा नियन्त्रण शाखाले गरेको हो।
साइवर हमला, क्रेडिट कार्डहरूको चोरी एवं ठगी धन्धामा कम्प्युटर र इन्टरनेटको प्रयोग बढेकाले शाखाकी प्रमुख स्यारोन ल्यामोनले इन्टरनेट प्रयोगकर्ता सबैलाई सचेत रहन र सुरक्षित इन्टरनेट प्रयोग गर्न आग्रह गरेकी छिन्। उनको आग्रहमा कम्प्युटरमा एन्टिस्पाई वेयर र एन्टिभाइरस प्रोग्राम डाउनलोड गर्नुका साथै सातामा कम्तीमा पनि एकपटक एन्टिभाइरस सफटवेयर प्रोग्रामलाई अपडेट गर्न भनिएको छ। त्यस्तै साइबर धम्की र चुनौतीहरूबाट अलग रहन पनि सुझाव दिइएको छ। पर्याप्त कानुनी व्यवस्थाका बाबजुद अमेरिका, युरोप आदि देशमा साइबर अपराधमा कमी आएको छैन। कानुनी प्रावधान तथा उच्च प्राविधिक क्षमताका कारण अपराधीहरूमाथि कारबाही भए पनि आधाजसो उम्किने गरेकाले साइबर अपराध सबैका लागि टाउको दुखाइ बन्न पुगेको छ।
नेपालमा पनि सूचना-प्रविधि क्षेत्रमा सानातिना अपराधहरू हुने गरेका छन्। भाइरस पठाउने, इन्टरनेट पासवर्ड चोर्ने, कम्प्युटर ह्याकिङ गर्ने, कम्प्युटरबाट सरकारी छाप, दस्तखत, प्रमाणपत्र आदि कीर्ते गर्ने, विभिन्न बौद्धिक सिर्जनाहरू चोरी गर्नेजस्ता अपराधहरू भैरहेका छन्।
साइबर अपराध गरेको पाइए विद्युतीय कारोबार ऐनअन्तर्गत कम्प्युटरसम्बन्धी कसुर गर्नेलाई कारबाही हुने व्यवस्था छ, तर सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको सुझावमा कानुनी उपचार खोज्नुभन्दा पनि साइबर अपराधबाट बच्न सफ्टवेयर सुरक्षाप्रति सजग रहनु, एन्टिभाइरस सफ्टवेयर, प्याचहरू डाउनडोल गर्ने र अपडेट गर्ने तथा कम्प्युटरमा सीधै सिडी, पेन ड्राइभ हालेर फाईल खोल्नुभन्दा पहिले भाइरस स्क्यान गर्ने बानी बसाल्नुपर्छ।
Source ekantipur
महाभूकम्पमा मृत्यु हुनेको संख्या ७५५७ पुग्यो, कुन जिल्लामा कति?
- सिन्धुपाल्चोक – २९११
- काठमाण्डौ - १२०२
- नुवाकोट - ९०४
- गोरखा - ४१२
- धादिङ – ६८०
- रसुवा – ४३३
- काभ्रे - ३१५
- भक्तपुर - ३०४
- ललितपुर - १७३
- दोलखा - ६९
- मकवानपुर - ३४
- रामेछाप – २६
- सोलुखुम्बु - २२
- ओखलढुङगा - १९
- सिन्धुली – १०
- सुनसरी- ७
- चितवन -६
- बारा – ५
- पर्सा – ५
- लमजुङ - ४
- कास्की, मोरङ, भोजपुर -२
- रोल्पा, रुकुम, नवलपरासी, तनहुँ, रौतहट, सर्लाही, सप्तरी, धनुषा, ताप्लेजुङ -१
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !