जानेरै होस् या नजानेर उक्त नक्सामा नेपालको नक्सा हुदा हुदै पनि भारतको बिचमा लगेर नेपाल भनेर देखाएको छ | नेपाललाई किन यस्तो हेला सधै ?
कहिले गौतम बुद्धको जन्म भारतमा भएको भनेर भनिदिन्छन त कहिले लुम्बिनी नै भारत मा पर्छ भन्छन | त्यसैले भारतले लुम्बिनी को दुरुस्त नक्कल आफ्नो देश मा तयार गर्यो | अहिले फिफाले आफ्नो website मा यसरि नेपाल नै भारतको बिचमा देखाएको छ |
केहिसमय अघि मात्र ब्रिटिस म्युजियमले आफ्नो website मा बुद्ध सम्बन्धि राखेको सामग्रीमा गौतम बुद्धको जन्म भारतको एक शाही परिवारमा भएको भन्ने गलत जानकारी राखिको थियो | धेरै नेपालीहरुले facebook को प्रयोग गरि ब्रिटिस म्युजियमको facebook पेजमा गलत लेखिएको कुराको बारेमा कमेन्ट गरेपछि ब्रिटिस म्युजियमले सच्याई बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने द्धिविधारहित र सत्य कुरा हो भनेर आफ्नो website मा लेखेको थियो |
आउनुस अब फिफालाइ पनि नक्सामा नेपाल गलत ठाउमा राखिएको जानकारी दिउ र सच्याउन लगाऔ |
फिफाको सम्पक गर्ने page
http://www.fifa.com/contact/form.html मा गएर गलत भएको कुरा उसलाई जानकारी गराऔ |
Source: Freesansar.com
No comments:
Post a Comment
कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !