ताजा खबरहरु

कालिकोटमा पनि मौसमी फ्लु, एकको मृत्यु २३ जना गम्भीर


   कालिकोट  –  जिल्लाका छुट्टाछुट्टै गाविसमा स्वास्थ्य चेकजाँचका क्रममा २ सय ४ जना मौसमी फ्लु संक्रमित फेला परेका छन्। सोमबारदेखि जिल्लाको मेहलमुडी गाविस–५ तिकुवामा १ सय ४ जना र राम्नाकोट गाविसमा १ सय जना बिरामीलाई चेकजाँच गरिएको जिल्ला अस्पताल कालिकोटले जनजाएको छ।



      राम्नाकोट स्थानीय ३ वर्षीया रविना कठायतको रुघाखोकी पछि निमोनिया भएर मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अहेब कटक महतले बताए। यस्तै मेहलमुडी गाविसमा फैलिएको महामारीबाट ६३ जना महिला ४१ पुरुष (जस मध्ये १५ वर्ष मुनिका बालबालिका ३० जनासहित) प्रभावित भएका छन्। ती मध्ये तीन जनाको स्थिति गम्भीर रहेको छ।

     ५० वर्ष माथिका २० जना गम्भीर रहेको उपचारमा खटिएका डाक्टर ललितजंग शाहीले बताए। बैशाखको पहिलो हप्तादेखि जिल्लाका बिभिन्न गाविसमा सयौँको संख्यामा विरामी भेटिए पछि मध्यपश्चिम क्षेत्रीय निर्देशक डा.राजेन्द्र पन्तको टोली जाजरकोट जुम्ला हुँदै बुधबार कालिकोट पुगेको छ। जिल्ला सदरमुकाम मान्ममा पुगे पछि डाक्टर पन्तको टोलीले बुधबार पत्रकार सम्मेलन गरी जाजरकोटका बिरामीको जस्तै कालिकोटमा पनि उस्तै लक्षण देखिएकाले जिल्लाका सरोकारवालालाई उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्।

     क्षेत्रीय निर्देशक डा.पन्तका अनुसार 'एच वान एन वान' नामक भाइरस भएकाले तातो हुने बित्तिकै नष्ट हुने भएकाले यसको ल्याब टेष्ट गर्न अप्ठ्यारो हुने बताए। लक्षण देखिएका विरामीले कम्तीमा एक हप्ता सम्म एक अर्काे ठाउँमा नजाने,तातो पानी धेरै पिउँने, आराम गर्नु पर्ने र अन्य निरोगीले विरामीको नजिक जाँदा मात्र माक्स लगाउन सुझाव दिएका छन्।

     मौसमी फ्लुबाट प्राय बालबालिका, वृद्ध वृद्धा अन्य रोगका पीडितहरुलाई छिटो सरेर छिटो ज्यान जाने खतरा भएको उनले बताए।महामारी प्रभावित क्षेत्र मेहलमुडीमा कुमालगाउँ प्राथामिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा.ललितजंग शाही लगायत स्थानीय स्वास्थ्यकर्मी मात्र खटिएका छन्। मेहलमडीका स्थानीय दिलीप शाहीका अनुसार एक जना मात्र डाक्टर आएका छन् अन्य स्थानीय स्वास्थ्यकर्मीलाई मात्र चेकजाँचको जिम्मा दिएको छ।

     महामारी प्रभावित क्षेत्रमा औषधि पनि एकदमै कम ल्याएइएको उनले गुनासो गरे। जिल्लाका ३० वटै गाविसमा उच्च सतर्कता अपनाइएको भए पनि प्राय जसो स्वास्थ्य चौकीमा आवश्यक औषधि अभाव भएको स्थानीयले गुनासो गरेका छन्।मेहिलमुडी गाविसका सवै विद्यालय मंगलबार देखि बन्द रहेका छन भने महामारीले धेरैजासो बिरामी भए पछि स्थानीयमा त्रास फैलिएको छ।

Source: Nagarik

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.