ताजा खबरहरु

सगरमाथाको फोहोरबाट मूर्ति बनाइने

सगरमाथा र त्यस क्षेत्र वरिपरिबाट संकलन गरिएको फाहोरबाट सुन्दर मूर्ति बनाउने परियोजना सुरु भएको 
छ ।

होटल अन्नपूर्ण र दा माइन्ड ट्रीले संयुक्त रूपमा सुरु गरेको उक्त परियोजनाले सगरमाथामा विगतका वर्षहरुमा सङ्कलन गरिएको फोहोरलाई सदुपयोग गरी कलात्मक मूर्ति बनाइने छ ।







'माउन्ट एभरेस्ट ८८४८ आर्ट प्रोजेक्ट' नाम राखिएको उक्त परियोजनाको सम्झौताबारे जानकारी दिन आज आयोजित कार्यक्रममा सगरमाथा आरोही सङ्घ, इको हिमाल तथा विभिन्न आरोहीले सङ्कलन गरेकामध्ये करिब दुई टन फोहोर कलाकारको टोलीलाई बुझाएको छ ।


अबको एक महिनासम्म कलाकारले ललितपुरको भैंसेपाटीस्थित शिव सदनमा रहेको फोहोरबाट करिब ७५ वटा मूर्ति बनाउनेछन् र ती मूर्तिलाई काठमाडौं र पोखरामा प्रदर्शन गरिनेछ ।


संलग्न कलाकारहरुमा सुदर्शन राना, डा. लय मैनाली, सुनिता राना, भूवन थापा, राजु पिथाकोटी, ताराप्रसाद ओझा, लालकाजी लामा, कृष्णबहादुर थिङ्, केशवराज खनाल, राजन काफ्ले, सुशमा शाक्य, अनिता खनाल, देवेन्द्र थुम्केली, सरोज थापा र प्रज्वल शाही छन् ।
यो कार्यले सगरमाथाको सरसफाई र कलाकारको प्रतिभा प्रदर्शनबाट नेपालको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने आरोही सङ्घका अध्यक्ष वाङ्छु शेर्पाले बताए ।


दा माइन्ड ट्री का निर्देशक प्रज्वल शाहीले सगरमाथा जाने बाटोमा तिनै मूर्तिबाट एक स्तम्भ (स्मारक) पनि बनाउने कार्यक्रम रहेको जानकारी दिए ।

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.