ताजा खबरहरु

सस्तो ट्याब्लेट



कम्प्युटर प्रविधिको क्षेत्रमा डेक्सटपपछि आएको ल्यापटप निकै उपयोगी सावित भयो। यसलाई आफू अनुकूल जहाँ पनि बोकेर लान एवं प्रयोग गर्न सहज हुने भएकाले बजारमा यसले लामो समय राज गर्‍यो। अब पालो आएको छ, ट्याब्लेटको। ट्याब्लेटको बजारमा एप्पलको आइप्याड र साञसुङको ग्यालेक्सी ट्यावले तहल्का मच्यायो। तुलनात्मक रूपमा यी आइप्याड महँगा छन्। अहिले भने नेपाली बजारमा सस्तो ट्याब्लेट उपलब्ध छ, जसलाई वोक्न धेरै पैसा खर्चिनु पर्दैन। खल्तीमा ७ हजार रुपैयाँ छ भने ट्याब्लेट बोक्ने रहर पूरा हुन्छ, त्यो पनि एन्ड्रोइड ४.० भर्सन ओएसमा।

इनटेक इन्डस्टि्रजले नेपाली बजारमा सस्तो मूल्यको ट्याब्लेटको बिक्री सुरु गरेको हो। एसआई-७ स्लिम ट्याब्लेटमा एन्ड्रोइड ४.० (आइसक्रिम स्यान्डबीच) अपरेटिङ सिस्टम छ। ७ इन्चको फाइभ प्वाइन्ट मल्टी टच स्क्रिन सहितको ट्याब्लेटमा १ दशमलव ५ गिगाहर्जको कार्टेक्स ए-८ प्रोसेसर छ। ५ प्वाइन्ट मल्टिटच, १ गिगावाइट र्‍याम, ८ जिबी हार्ड ड्राइभ, ३२ गिगावाइटसम्म मेमोरी बढाउन मिल्छ यो ट्याब्लेटमा। वाइफाइ सुविधासहितको यो ट्याब्लेटमा वेबक्याम, थि्रजी डाटा कार्ड आदि सुविधा छन्। यसमा ० दशमलव ३ मेगापिक्सलको फ्रन्ट क्यामेरा, जि-सेन्सर एक्सेलेटोमेटर जस्ता विशेषता पनि छन्।

Source: Saptahik

No comments:

Post a Comment

कस्तो लग्यो त ?? प्रतिक्रिया दिनुहोस् !

Hami Nepali By SGN Powered by SGN Copyright © 2014

Theme images by Bim. Powered by Blogger.